Breaking News.... EverestOnlineKhabar
April 22, 2026

कमाउन हिंडेको छोरो साउदीको जेलमा परेपछि नेपालमा परिवारको बिचल्ली

Loading

महोत्तरी । रोजगारीका लागि साउदी अरब पुगेका जलेश्वर नगरपालिका ३ खैरा टोलका ५१ वर्षीय रामपरिक्षण साह त्यहींको जेलमा परेका छन । घरको आर्थिक अवस्था दयनीय भएपछि साह परिवार पाल्ने जोहोका लागि साउदी गएका हुन ।

विदेशमा कार्यरत्त कम्पनीबाटै उनलाई साउदी प्रहरीले पक्राउ गरेर अहिले मलाज जेलको कोठा नं. १४ मा थुनेको छ । साहलाई एक महिना अघि नै साउदी प्रहरीले उनी कार्यरत्त कम्पनीबाट अन्य दुई जना भारतीय नागरिकलाई पनि पक्राउ गरेर जेल हालेको थियो ।

आफ्नो छोरा जेलमा परेको खवर पाएपछि महोत्तरीस्थित साह परिवारमा रुवावासी मच्चिएको छ । ७१ वर्षीय वृद्ध बुवा, ६८ वर्षीया वृद्ध आमा र ४५ वर्षीया श्रीमती उर्मिला देवीको दिनरात आँशु बगाएर बितिरहेकोछ । साहका छोरा छोरीको पनि बेहाल भएको छ ।

एक हातमा छोराले विदेश जानु अघि खिचाएको पासर्पोट साइजको दुई वटा फोटो र विदेश जाने प्रयोजनको लागि म्यान पावर कम्पनीले उपलब्ध गराएको गएको कागज पत्रको फोटोकपी देखाउँदै उनले आफना छोराको उद्दार गरिदिन आग्रह गरे ।

साउदी स्थित एलड्रिस पेट्रोलियम एण्ड ट्रान्सपोर्ट सर्भिस कम्पनीमा लोडिङ्ग अनलोडिङ्ग लेवर भएर काम गर्न उनी सिनामंगल काठमाडौँ स्थित फ्यिुचर लिंक इन्टरनेशनल प्राइभेट लिमिटेड नामक म्यान पावरबाट २०७१ पुस ९ गते साउदी गएका थिए ।

दिनको आठ घण्टा कडा मेहेनत गरेर कमाएको ८ सय रुपैयाँ रियालबाट खर्च कटाएर बचत गरेर उनले नियमितरुपमा आफ्नो घरमा पैसा पठाउँदै आएका थिए । उनलै नै पठाएको पैसाबाट घरपरिवारको पेट पाल्नुको साथै छोरा छोरीले राम्रो शिक्षा आर्जना हुँदै आएको थियो । तर, साहको पक्राउसंगै उनको परिवारको खुशी पनि खोसिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed