Breaking News.... EverestOnlineKhabar
April 22, 2026

Loading

कैलाली । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अबको निर्वाचनमा कांग्रेसकै बहुमत आउने र प्रधानमन्त्री पनि आफै हुने दाबी गर्नुभएको छ ।

आईतबार कैलालीमा भएको साक्षात्कारमा बोल्दै उहाँले भन्नुभयो, ‘अबको निर्वाचनमा हाम्रो पार्टीले बहुमत ल्याउँछ, बामपन्थीहरुलाई जनताले भोट हाल्दैनन, यो कुरा बुझे हुन्छ । बहुमत आएपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्छ त्यसको नेतृत्व म नै गर्छु ।’

निर्वाचन सम्पन्न भएपछि मुलुक संविधान कार्यान्वयनको चरण पूरा गरि आर्थिक समृद्धिको यात्रामा अघि बढ्ने उहाँले बताउनुभयो । मंसिर २१ गतेको निर्वाचन सम्पन्न भएपछि मुलुकमा स्थायीरुपमा गणतन्त्र कार्यान्वयन भएर जाने उहाँले स्पष्ट पार्नुभयो ।

भोट हालेपछि पनि चुनाव सारेको सपना देख्नेहरु पनि रहेको भन्दै उहाँले एमाले अध्यक्ष केपीशर्मा ओलीप्रति व्यंग्य गर्नुभयो । एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले एक दलिय कम्युनिष्ट शासन ल्याउन खोजेको उहाँको आरोप थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed