Breaking News.... EverestOnlineKhabar
April 22, 2026

Loading

काठमाडौ,मंसिर ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी देशभर बम विस्फोटका घटना बढिरहेका छन् । शीर्ष नेता लक्षित विस्फोट र आक्रमणका घटना भइरहे पनि सरकार लचिलो देखिएको छ।तर अब सुरक्षा निकायले भने निर्वाचन सुरक्षा रणनीतिलाई परिर्वतन गरेको छ ।
गृहसचिव मोहनकृष्ण सापकोटाले विस्फोटका घटनामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको संलग्नता रहेको बताए। उनले भनेः‘सो पार्टीले चुनाव बिथोल्ने घोषणा गरेको छ र विस्फोटका घटनामा पनि त्यही दल दोषी छ भन्ने हाम्रो निष्कर्ष छ, आफ्नो संलग्नता छैन भनेर विज्ञप्ति ननिकाल्नुले पनि विप्लवको संलग्नता पुष्टि हुन्छ ।’
सचिव सापकोटाले विप्लव नेतृत्वको पार्टीले अन्य समूहलाई पनि परिचालन गरेको दाबी गरे। उनले भनेः‘शुक्रबार धादिङबाट दुई भारतीय नागरिक हतियार र विस्फोटक पदार्थसहित पक्राउ परे, उनीहरूलाई समेत विप्लव समूहले नै प्रयोग गरेको हुन सक्छ ।’
गृह मन्त्रालयले पहिलो चरणको निर्वाचन सुरक्षाको अनुभवका आधारमा रणनीति परिवर्तन गरेको जनाएको छ। प्रवक्ता नारायणप्रसाद दुवाडीले नयाँ सुरक्षा रणनीति लागू भइसकेकाले निर्वाचनविरुद्धका घटना रोकिने विश्वास व्यक्त गरे। निर्वाचनविरोधी गतिविधिमा संलग्न हुनेविरुद्ध आवश्यक पर्दा गोलीसमेत हान्ने अधिकार दिएको र सुरक्षा निकायलाई थप आक्रामक रूपमा प्रस्तुत हुन निर्देशन दिएको गृहसचिव मोहनकृष्ण सापकोटाले बताए। मन्त्रालयले शनिबार पत्रकार सम्मेलन गरी विस्फोटका घटना अब पूर्ण रूपमा नियन्त्रणमा आउने जनाएको हो।
निर्वाचन आयोगले शृंखलाबद्ध बम विस्फोटको घटनालाई प्रमुख चुनौतीका रूपमा लिएको छ। उदयपुरका प्रतिनिधिसभा उम्मेदवार घाइते, दाङमा म्यादी प्रहरीको मृत्यु, राजधानी काठमाडौंमै शृंखलाबद्ध बम विस्फोटपछि आयोगले अलि बढी नै ‘सुरक्षा थ्रेट’ महसुस गरेको हो। दिनहुँ विस्फोटका घटना बढेपछि आयोगले मतदातालाई सुरक्षित रहेको महसुस गराउने गरी सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालयसँग समन्वय गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed