Breaking News.... EverestOnlineKhabar
April 21, 2026

महतोलाई निधिको यस्तो चेतावनी ? जनकपुरको राजनीतिमा तरङ्ग….

Loading

धनुषा,मंसिर ।
नेपाली कांग्रेसका नेता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का प्रत्यासी विमलेन्द्र निधिले आफ्नो बोलीमाथि लगाम कस्न प्रतिष्पर्धी राजेन्द्र महतोलाई चेतावनी दिएका छन् । झुटको खेती गरेर जनतालाई भ्रमित गर्ने काम बन्द गरी बोलीमाथि लगाम नकसे जनकपुरको हावाहुरीमा बढारिने चेतावनी समेत उनले दिएका छन् ।
शनिबार जनकपुरमा आयोजित चुनावीसभामा बोल्दै नेता निधिले बोलीमाथि लगाम नराखे प्राचिन मिथिलाको राजधानी मातासीताको भुमि जनकपुर विष्फोट हुन सक्ने बताए । निधिले भनेः‘सीताको जन्म धरती जनकपुरको आफ्नै शैली छ । सीतामाताको तागत विष्फोट भएपछि ठुलाठुला रावणको बोलीमाथि पनि लगाम लागेको छ ।’
अनले अगाडी थपेः‘जनकपुरवासी शालिन छन्,हामी हो–हल्ला गर्दनौँ । तर, मौका परेको बेला एकपटक ताके हावा हुरीमा उड्न बेर छैन ।’ एक इञ्च विकासको काम नगरेका व्यक्ति अहिले बढाई चढाई कुरा गरिरहेको भन्दै निधिले महतोको आलोचना गरे ।
बाटो बिर्सिएर अहिले धनुषाबाट चुनाव लड्न आएका उनी जनताको अधिकारका लागि कतिपटक जेल गएको देखाउन निधिले चुनौती समेत दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed