![]()
कपिलवस्तु । कपिलवस्तुमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल सहभागी कार्यक्रममा बिष्फोट भएको छ ।
वाम गठबन्धनले कपिलवस्तुको पकडीमा आयोजना गरेको आमसभामा बिष्फोट भएको छ । सभालाई अध्यक्ष प्रचण्डले सम्बोधन गरे लगत्तै विस्फोट भएको हो ।
सभा समापन भइसकेका कारण विस्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ । विस्फोटको आवाजसँगै सभामा आएका सर्वसाधारणको भागाभाग भएको थियो । नेपाली सेनाको टोलीले अनुसन्धान गरिरहेको छ ।


