![]()
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले उद्योग राज्यमन्त्री रेशमबहादुर लामालाई पदमुक्त गर्न सिफारिश गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले पठाएकोे पत्रमा राज्यमन्त्री लामाले पार्टी हितविपरीत तथा लोकतान्त्रिक गठबन्धनलाई आघात र्पुयाउने कार्य गरेको जनाउँदै पदमुक्त गर्न सिफारिश गरिएको उल्लेख छ ।
उद्योग राज्यमन्त्री लामालाई पार्टीको महामन्त्री पदबाट समेत निस्काशन गरेको उक्त पत्रमा उल्लेख गरिएको छ ।


