Breaking News.... EverestOnlineKhabar
June 27, 2026

नयाँ बानेश्वरमा सडक जाम गरी बामगठवन्धनको चुनावीसभा, सर्वसाधारणलाई सास्ती

Loading

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको बामगठवन्धनले काठमाडौंको मुटु मानिने अति व्यस्त नयाँ बानेश्वर चोकमा सडक जाम गरेर चुनावीसभा आयोजना गरेका छन ।

निषेधित क्षेत्र संसद भवनको चारैतीरका सडक कब्जा गरी बामगठवन्धनका कार्यकर्ताले सवारी साधन पनि चल्न दिएनन । कार्यक्रम दिउँसो २ बजेबाट भनिएपनि गठवन्धनका कार्यकर्ताले बिहानैदेखि सो क्षेत्र आफनो नियन्त्रणमा लिएका थिए ।

गठबन्धनका कार्यकर्ताले बानेश्वरचोकबाट उत्तरतिर जाने बाटोमा मोटरसाइकलसमेत चल्न नदिएपछि थापा गाउँ तथा पुरानो बानेश्वर जानेलाई समस्या भएको छ । बानेश्वर चोकमा नै सभा गरिएकाले तिनकुने र बबरमहलसम्मकै सडकमा पनि जाम भएको छ । उता, कोटेश्वर, मध्यबानेश्वर र शंखमुखल क्षेत्रमा पनि लामो जाम भएको छ ।

सभालाई एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरुले सम्बोधन गर्दै हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.