Breaking News.... EverestOnlineKhabar
August 16, 2026

सुरक्षा चुनौती केही पनि छैन, ढुक्क भएर मतदान गर्नुहोस : प्रमुख निर्वाचन आयुक्त

Loading

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा ढुक्क भएर मतदान गर्न आम मतदातालाई अपिल गर्नुभएको छ । केही ठाउँमा देखिएको सुरक्षा चुनौती पनि सम्बोधन भइसकेकाले अब ढुक्क भएर मतदानमा भाग लिन डा. यादवले आम मतदातालाई गर्नुभएको हो ।

आइतबार पहिलो चरणमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनबारे संचारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख आयुक्त यादवले आममतदाता डर, भय र त्रासमुक्त भएर मतदातामा भाग लिन आतुर देखिएको बताउनुभयो । उहाँले निर्वाचनका लागि सुरक्षाको पूर्ण प्रत्याभूति भइसकेको पनि उल्लेख गर्नुभयो ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्षरुपमा सम्पन्न गर्न सञ्चार माध्यामको भूमिका महत्वपूर्ण हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । निर्वाचन संघीयता, गणतन्त्रसहितको उपलब्धिलाई संस्थागत गर्ने आधारशीला भएकाले त्यसलाई सफल बनाउन सञ्चारमाध्यमले सन्तुलित भूमिका खेल्नुपर्नेमा उहाँको जोड थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.