![]()
बिबिसि । अमेरिकी जल सेनाको विमान जापानको ओकिनावाको दक्षिण पश्चिमा रहेको समुद्रमा दुर्घटनाग्रस्त भएको छ । अमेरिकी जल सेनाले जारी गरेको विज्ञप्ति अनुसार यात्रु र चालक दलका सदस्यसहित विमानमा ११ जना सवार थिए ।
यात्रु र चालक दलका सदस्यहरुको नाम र उनीहरुको अवस्थाबारे भने अहिलेसम्म केही खुलाइएको छैन । अहिले खोजी र उद्धार कार्य जारी रहेको र युएसएस रोनाल्ड रेगनका मेडिकल स्टाफले जनाएका छन । विमान फिलिपिन्सको समुद्रमा रहेको युएसएस रोनाल्ड रेगन युद्धपोतका लागि उडेको थियो ।
दुर्घटनाको कारण अझै खुलाइएको छैन । तर, जापानका रक्षामन्त्री इटसुनोरी ओनोडेराले अमेरिकी जल सेनाका अधिकारीहरुलाई उद्धृत गर्दै विमानको इन्जिनमा समस्या देखिएपछि दुर्घटना भएको जानकारी दिएका छन् ।


