![]()
चितवन । पुत्रशोकमा रहनु भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रौतहटको बम काण्डका घाइतेसंग भेटवार्ता गर्नुभएको छ ।
चितवन मेडिकलमा उपचारारत घाइतेहरुलाई अध्यक्ष प्रचण्डले अस्पतालमै पुगी भेट गर्नुभएको हो । दाहालले बुधबार साँझ चितवन मेडिकल कलेजमा पुगी रौतहटको बम काण्डमा घाइते भएका सरिता राई र जैविक राईको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको हो ।
मंसीर २ गते अज्ञात समूहको बम आक्रमणबाट घाइते आमा सरिता र छोरा जैविकको चितवन मेडिकल कलेजको सघन उपचार कक्षको बेड नं १४ र १५ मा उपचार भइरहेको छ ।
अध्यक्ष प्रचण्डले डाक्टरहरुलाई घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह गर्नुभएको थियो । बाम गठबन्धनको वडा नम्बर ५ को भेलालाई लक्षित गरी रौतहटको चन्द्रपुर गाउँपालिकाको राधाकृष्ण मन्दिर छेउमा अज्ञात समूहले बम विस्फोट गराउँदा दुई जनासहित अन्य ६ जना घाइते भएका थिए ।


