Breaking News.... EverestOnlineKhabar
August 14, 2026

नेपाली सेनालाई सक्रिय बनाउने तयारी,यस्तो बन्दै छ रणनीति

Loading

काठमाडौ,मंसिर ।
स्थानीय तह निर्वाचनको तुलनामा हिंसात्मक घटना बढेपछि यसपटक नेपाली सेनालाई सक्रिया बनाउने तयारी थालिएको छ। यसअघि सेनालाई पेट्रोलिङको जिम्मेवारीमात्र थियो। तर यो चुनावमा भने सयुक्त गस्ती टोलीको नेतृत्व दिने तयारी रहेको छ।
निर्वाचनको मुखमै हिंसात्मक घटना हुन थालेपछि निर्वाचन आयोगनले सुरक्षा निकायका प्रमुखहरुसँग गम्भिर चासो व्यक्त गरेको छ। निर्वाचन विथोल्न उद्देश्यले विभिन्न ठाउँमा घटना गराइएको र यो अवस्था कसरी आयो, कहाँकहाँ आयो भनेर समिक्षा भएको निर्वाचन आयुक्त सुधिरकुमार शाहले जानकारी दिए।
सयुक्त गस्ती टोलीको नेतृत्वसँगै आवश्यकता अनुसार सेनाले हवाई पेट्रोलिङसमेत गर्ने उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजकसमेत रहेका शाहले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed