![]()
काठमाडौं । पचास हजार घुससहित काठमाडौंमा एक प्रहरी अधिकारी अख्तियारको फन्दामा परेका छन् ।
महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी निरीक्षक हरिहर सुुनुवार घुससहित पक्राउ परेको अख्तियार दुरुपयोग अुनसन्धान आयोगले जनाएको छ । उनलाई अख्तियारको टोलीले ५० हजार घुस लिँदालिदै पक्राउ गरेको हो ।
सुनुवार केही महिना अगाडि मात्र सर्वोच्व अदालतबाट प्रभाग पुगेका थिए ।
निरीक्षक सुनुवारले यसअघि शेर्पा मलमा घुस लिन गएको सूचना अख्तियारले पाएको थियो । पछि फलो गर्दा उनी उम्कन सफल भएका थिए ।


