![]()
चितवन । जनवादी गायक खुशीराम पाख्रिनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका हालै दिवंगत छोरा प्रकाश दाहालको सम्झनामा गीत गाउँदा गाउँदै निधन भएको छ ।
भरतपुरको चुनावी सभामै गीत गाउँदा गाउँदै ढलेका जनवादी गायक खुसीराम पाख्रिनको निधन भएको हो । उनलाई हृदयाघात भएको बताइएको छ । नारायणी सामुदायिक अस्पतालमा उपचारकाक्रममा उनको निधन भएको हो ।
पाख्रिनले चुनावी सभा सुरु हुनु अघि दुई वटा गीत गाएका थिए । २००९ सालमा गोरखाको खरिवोटमा जन्मिएका पाख्रिन नेकपा माओवादीका पूर्व सभासदसमेत हुन् । पाख्रिन माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार पनि थिए ।
उनका श्रीमति, २ छोरा र २ छोरी छन् ।


