Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

बिबिसि । उत्तर पूर्वी नाइजेरियाली शहर मुबीमा एउटा आत्मघाती बम आक्रमणमा कम्तीमा ५० जनाको ज्यान गएको छ । बिहानको प्रार्थनाको समयमा मानिसहरु मस्जिदमा भेला भएका बेला आक्रमणकारीले बम पड्काएका थिए ।

एक जना प्रत्यक्षदर्शीले आक्रमणकारी पनि प्रार्थना गर्नेहरुकै समूहमा रहेको संचारकर्मीलाई बयान दिएका छन । कसैले पनि हमलाको जिम्मेवारी लिएको छैन ।

बिगतदेखि नै भीडभाड बढी हुने क्षेत्रलाई इस्लामवादी लडाकु समूह बोको हरामले लक्षित गर्दै आएको छ । बोको हरामले आठ वर्षयता चलाएको सशस्त्र द्वन्द्वमा २० हजार जति मानिसको ज्यान गइसकेको छ ।

बोको हरामको कब्जामा रहेका केही क्षेत्र सेनाले पुनः नियन्त्रणमा लिएपछि उक्त समूहले आत्मघाती हमला बढाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed