Breaking News.... EverestOnlineKhabar
June 24, 2026

प्रकाशको सम्झनामा गीत गाउँदा गाउँदै जनवादी गायक खुशीराम पाख्रिनद्वारा देहत्याग

Loading

चितवन । जनवादी गायक खुशीराम पाख्रिनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका हालै दिवंगत छोरा प्रकाश दाहालको सम्झनामा गीत गाउँदा गाउँदै निधन भएको छ ।

भरतपुरको चुनावी सभामै गीत गाउँदा गाउँदै ढलेका जनवादी गायक खुसीराम पाख्रिनको निधन भएको हो । उनलाई हृदयाघात भएको बताइएको छ । नारायणी सामुदायिक अस्पतालमा उपचारकाक्रममा उनको निधन भएको हो ।

पाख्रिनले चुनावी सभा सुरु हुनु अघि दुई वटा गीत गाएका थिए । २००९ सालमा गोरखाको खरिवोटमा जन्मिएका पाख्रिन नेकपा माओवादीका पूर्व सभासदसमेत हुन् । पाख्रिन माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार पनि थिए ।

उनका श्रीमति, २ छोरा र २ छोरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed