Breaking News.... EverestOnlineKhabar
June 25, 2026

नेपालको जितमा बर्षा बाधक, महिला क्रिकेटमा थाइल्याण्डसंग अंक बाँडियो

Loading

एजेन्सी । महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको आफ्नो पहिलो खेलमा जित हासिल गर्नमा बर्षा बाधक भएको छ । थाइल्याण्डलाई सजिलै हराउने स्थितिमा पानी परेपछि नेपाल अंक बाँडन बाध्य भयो ।

९१ रनको चुनौती पछ्याउँदै गर्दा पानी परेपछि खेल रोकिएको थियो । यसपछि दुबै टोलीले अंक बाँडेका हुन् ।

बेंककस्थित टेर्डथाई मैदानमा ९१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले ३.४ ओभरमा बिनाविकेट १० रन बनाउँदा पानी परेको थियो । नेपालका लागि सीता मगर ५ र ज्योति पाण्डे ४ रनमा खेलिरहेका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ९० रनको योगफल तयार पारेको थियो । थाइल्याण्डका लागि चाइवाइले नटआउट २३ र चन्तमले १८ रनको योगदान दिएका थिए ।

नेपालका लागि सिता राना मगरले २, कप्तान रुविना क्षेत्री र करुणा भण्डारीले समान १–१ विकेट लिए । टि–ट्वान्टी विश्वकप छनोटमा अयोजक थाइल्याण्डसँगै नेपाल, हङकङ, युएई, मलेसिया र चीन गरी ६ राष्ट्र रहेका छन् ।

नेपालले आफ्नो दोस्रो खेलमा मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed