Breaking News.... EverestOnlineKhabar
June 25, 2026

नयाँ शक्तिका बाबुराम भट्टराई र राप्रपाका कमल थापाले एक अर्कालाई सघाउने

Loading

काठमाडौं । नयाँ शक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एकअर्काका अध्यक्षलाई चुनावमा समर्थन गर्ने भएका छन् ।  मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा चुनावमा दुई दलले गोरखा र मकवानपुरमा एक अर्काको पार्टीका उम्मेदवारलाई सघाउने भएका हुन् ।

सोमबार दुई पार्टीबीच गोरखा –२ मा नयाँशक्तिका संयोजक बाबुराम भट्टराईलाई राप्रपाले सहयोग गर्ने सहमति भएको छ । त्यस्तै मकवानपुर– १ मा राप्रपा अध्यक्ष कमल थापालाई सघाउन नयाँ शक्तिले उम्मेदवारी स्थगन गर्ने निर्णय गरेको छ ।

दुबै नेता कांग्रेसको समर्थनमा उम्मेदवार बनेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed