Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

रोल्पा । प्रहरीले रोल्पाबाट बम बनाउन प्रयोग हुने ४३ थान सकेट फेला पारेको छ । उम्मेदवार लक्षित शृंखलावद्ध बिष्फोटन हुने थालेपछि सक्रिय बनेको प्रहरीले रोल्पाको एक घरमा लुकाई राखिएको अवस्थामा सकेट बरामद गरेको हो ।

सकेटसंगै नेकपाका पाँच नेता पनि पक्राउ परेका छन । उनीहरुको साथबाट सात थान रेडबुल ग्रिनेट, सकेट र नलकटुवा पेस्तोल प्रहरीले बरामद गरेको छ ।

मंसिर ३ गते दिउँसो सुवर्णावती गाउँपालिका ६ क्वालीगाउँबाट पक्राउ परेका सुनछहरी गाउँपालिका ६ का हिमलाल पुन, सुवर्णावती गाउँपालिका ५ का मिनराम विष्ट र खड्कबहादुर केसी, रोल्पा नगरपालिका १० धबाङका बिरबहादुर केसी र धनबहादुर थापा ‘विश्लेषण’ को साथबाट सात थान ग्रिनेट फेला परेको हो ।

पक्राउ परेका विश्लेषणको घरबाट बम बनाउन प्रयोग हुने ४३ थान सकेट फेला पारिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed