Breaking News.... EverestOnlineKhabar
June 25, 2026

जर्मनीमा गठबन्धन सरकार बनाउने वार्ता भङ्ग

Loading

बिबिसि । जर्मनीमा खुला बजार पक्षधर उदारवादी दल एफडीपीले अलग हुने निर्णय लिएपछि गठबन्धन सरकार बनाउनेसम्बन्धी वार्ता भङ्ग भएको छ ।

एफडीपीका नेता क्रिष्टेन लिन्ड्नरले चान्सलर एंगेला मर्केलको अनुदारवादी सीडीयुरसीएसयु गठबन्धन र द ग्रीन्ससँग ’विश्वासको कुनै आधार’ नभएको बताएका छन् । अब के हुन्छ भन्ने कुरा अस्पष्ट छ तर मर्केलले राष्ट्रपतिलाई भेट्दैछिन् जोसँग समयअगावै चुनाव आह्वान गर्ने अधिकार छ ।

मर्केलको गठबन्धनले गत सेप्टेम्बरमा सम्पन्न चुनाव जितेको थियो तर धेरै मतदाताले मूलधारका दललाई मत दिएनन् ।
पहिलो पटक संसद्मा सीट जितेपछि चरम दक्षिणपन्थी राष्ट्रवादी दल एएफडीले देशमा ’विदेशीहरुको अतिक्रमणविरुद्ध लड्ने’ प्रतिबद्धता जनायो । चान्सलर मर्केलले वार्ता भङ्ग भएकोमा दुःख व्यक्त गरेकी छन् । वार्ताहरु असफल भएकोबारे औपचारिक रुपमा जानकारी गराउन राष्ट्रपतिलाई सोमवार भेट्न लागेको मर्केलले बताएकी छन् । उनले भनिन, “यो जर्मनीमा कसरी अगाडि बढ्ने भन्ने कुरालाई गहिरो रुपमा प्रतिविम्बित गर्ने दिन हो । आउँदा कठिन हप्ताहरुमा पनि जर्मनी व्यवस्थित छ भन्ने कुराको सुनिश्चितताका लागि चान्सलरको हैसियतमा मैले आवश्यक सबैकुरा गर्नेछु । “

समयअगावै चुनाव गराउनु उनले बाहेक द ग्रीन्ससँग मिलेर अल्पसंख्यको सरकार बनाउन सक्छिन् । त्यसबारे द ग्रीन्सले अहिलेसम्म प्रतिक्रिया जनाइसकेको छैन ।

जर्मन दैनिक पत्रिका जुडोएच साइटुङले पछिल्लो विकासक्रमलाई १२ वर्षदेखि सत्तामा रहेकी मर्केलका लागि सबभन्दा नराम्रो संकट भएको भनेको छ । एफडीपीका नेता लिन्ड्नरले भने, “आज कुनै प्रगति भएन बरु धक्काहरु लागे किनकि लक्षित समझदारीमाथि प्रश्न उठाइए ।“
उनले थपे, “झुटो ढंगले शासन गर्नुभन्दा नगरेकै जाती हुन्छ ।“

वार्तामा सहभागी दलहरुबीच कर, शरण दिने विषय र वातावरणीय नीतिहरुबीच गहिरो मतभेद देखिएको बताइएको छ ।
संसद्को दोस्रो ठूलो दल सोसल डेमोक्रेट्ले मर्केलसँग गठबन्धन सरकारमा फर्किने सम्भावना नरहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed