Breaking News.... EverestOnlineKhabar
June 25, 2026

सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन : ‘निर्धक्कसंग मत हाल्ने वातावरण बनाऊ’

Loading

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताले चाहेको उम्मेदवारलाई निर्धक्कसँग मत हाल्ने वातावरण बनाउन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।

सोमबार सुरक्षा निकाय प्रमुखहरुसंगको छलफलपछि प्रदेश नम्बर ३ स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिनुभएको हो । उहाँले निर्वाचनविरोधि गतिविधिमा संलग्न नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता, कार्यकर्तालाई तत्काल पक्राउ गर्न पनि निर्देशन दिनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘निर्वाचनमा हुने बुथ कब्जा लगायतका अवाञ्छित गतिविधिलाई निरुत्साहित हुने गरी सुरक्षा व्यवस्थालाई सदृढ बनाउन अब ढिलाई गर्न हुँदैन । ‘चेन अफ कमान्ड’ भित्रै रहेर निर्वाचनमा उच्च सुरक्षा सतर्कता अपनाउनुहोस । ’

प्रधानमन्त्री देउवाले निर्वाचनको सुरक्षा चुनौतीलाई सामना गरेर अघि बढने काममा सुरक्षा निकाय सफल भईरहेको भने प्रसन्नता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed