Breaking News.... EverestOnlineKhabar
June 25, 2026

पुत्र शोकमा रहेका प्रचण्डलाई प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली र नेता नेपालको सान्त्वना

Loading

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालले पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटी समवेदना प्रकट गर्नुभएको छ ।

सोमबार बिहान प्रचण्ड निवास लाजिम्पाट पुगी प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली तथा नेता नेपालले प्रचण्डसहित उहाँको परिवारप्रति सहानुभूतिसहित समवेदना प्रकट गर्नुभएको हो । उहाँहरु तिनै जनाले प्रकाशप्रति श्रद्धाञ्जली समेत अर्पण गर्नुभयो ।

उहाँहरुले प्रकाशकी आमा सीता दाहालसंग पनि भेट गरी सान्त्वना दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed