Breaking News.... EverestOnlineKhabar
June 25, 2026

हिन्दू परम्परा अनुसार पशुपति आर्यघाटमा प्रकाशको अन्त्येष्टि, पीता प्रचण्डले दिए दागबत्ति

Loading

काठमाडैं । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको पशुपति आर्यघाटमा हिन्दू परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।

आइतबार साँझ प्रकाशको अन्त्येष्टि गरिएको हो । प्रकाशलाई पिता पुष्पकमल दाहाल प्रचण्डले दागबत्ति दिए ।
प्रकाशको अन्तिम बिदाईमा माओवादी केन्द्रसहित बिभिन्न पार्टीका नेता कार्यकर्ता, दाहालका आफन्त र शुभेच्छुक सर्वसाधारण उपस्थित थिए ।

दाहालको आइतबार बिहान नर्भिक अस्पताल र्पुयाउनु अघि नै निधन भइसकेको अस्पतालले जनाएको छ । आकस्मिक हृदयघातका कारण निधन भएको अस्पतालले जनाएको छ ।

चुनावी कार्यक्रम अन्तर्गत झापामा रहेका पिता काठमाडौं फर्किएर नर्भिक अस्पताल पुगेपछि मात्रै उनको निधनको औपचारिक जानकारी गराइएको थियो । अस्पतालबाट उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिस डाँडामा राखिएको थियो ।

पार्टी कार्यालयमा अध्यक्ष तथा पिता पुष्पकमल दाहालले भावुक हुँदै उनको शवमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली दिएका थिए । त्यसपछि पार्टीका अन्य नेता तथा विभिन्न पार्टीका शीर्ष नेतासहित माओवादी कार्यकर्ता तथा सर्वसाधारणले उनलाई श्रद्धान्जली अर्पण गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed