![]()
बिबिसि । चीनको राजधानी बेइजिङबाट दक्षिणतर्फ रहेको दाक्सिनमा अवस्थित एउटा घरमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन् ।
उक्त जिल्लाको छिङजिन गाँउमा रहेको सो घरमा आगलागी भएको हो । आगलागीमा परी घाइते भएकाहरुलाई तत्काल उद्दार गरी अस्पताल पु¥याइएको छ । आगलागी नियन्त्रण गर्न दमकल र आग्नि नियन्त्रकहरु तत्कालै घटनास्थलमा पठाइएको थियो ।
स्थानीय अधिकारीहरुले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएका छन् । सो आवासीय घरमा भएको यस आगलागीको घटनाको बारेमा अनुसन्धान सुरु गरिएको र यसमा संलग्नताको आशंकामा केहीलाई नियन्त्रणमा लिइएको जनाएको छ ।


