Breaking News.... EverestOnlineKhabar
June 24, 2026

मुस्ताङको लोमान्थाङमा टेलिकमको थ्रिजी सेवा

Loading

मुस्ताङ । नेपाल टेलिकमले मुस्ताङको लोमान्थाङमा थ्रिजी सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले करिब ३ हजार ८ सय मिटर अग्लो स्थानमा रहेको लोमान्थाङ गाउँपालिकाको वडा नम्बर ५ मा थ्रिजी बिटिएस राखेको छ । मुक्तिक्षेत्र गाउँपालिकाको ४ हजार २ सय ५० मिटर अग्लो स्थानमा अवस्थित घिउलाडाँडामा रिपिटर स्टेशन राखी माइक्रोवेभ लिंकमार्फत बिटिएससँग सम्पर्क कायम गरिएको छ ।

अब लोमान्थाङ गाउँपालिकाका सबै स्थान र दालोमे गाउँपालिकाका केही स्थानमा समेत थ्रिजी सेवाको कभरेज कायम भएको छ । यसबाट यो क्षेत्रमा रहेका ४ सय ५० भन्दा बढी घरधुरीका साथै लोमान्थाङ, छोसेर र कोरला नाकासम्म घुम्न जाने पर्यटकले समेत थ्रिजी सुविधाको उपभोग गर्न सक्नेछन् ।

अब सो क्षेत्रमा फोन सम्पर्क गर्न मात्र नभई तिब्र गतिमा डाटा चलाउन र भिडियो कल गर्न समेत सहज हुने भएको छ ।
लोमान्थाङ मुस्ताङको सदरमुकाम जोमसोमदेखि करिब १ सय किलोमिटर दुरीमा पर्छ । सो क्षेत्रमा गत २०७३ जेठ १ गतेदेखि जिएसएम अन्तर्गत टुजी मोबाइल सेवा सञ्चालनमा ल्याइएको थियो ।

सिडिएमए प्रविधिको सेवा भने यो भन्दा पहिले देखि नै उपलब्ध थियो । पहिले स्याटेलाइट लिंकबाट टुजी र सिडिएमए सेवा उपलब्ध गराइएकोमा अब ती सेवालाई पनि माइक्रोवेभ लिंकमार्फत अपग्रेड गरिएको छ । त्यसकारण टुजी र सिडिएमएको क्षमता र गुणस्तर पनि बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed