Breaking News.... EverestOnlineKhabar
June 24, 2026

Loading

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिवारमा बज्रपात भएको छ । छोरा प्रकाश दाहालको आकस्मिक हृदयाघातबाट निधन भएपछि पीता प्रचण्ड, आमा सीता, दुई श्रीमति सृजना त्रिपाठी र बीना थापा मगरको अवस्था नाजुक भएको छ ।

प्रकाशकी आमा सीता दाहाल लाजिम्पाटस्थित निवासबाट बाहिर निस्कन सकेकी छैनन । बिहानदेखि उनी अर्धचेत अवस्थामा रहेको बुझिएको छ । प्रकाशकी दुइ पत्नी मध्ये सृजना त्रिपाठी बेहोस छिन । उनको नर्भिक अस्पतालमै उपचार भैरहेको छ । उनी बिहानै पोखराबाट छोरासहित काठमाडौं आएकी थिइन ।

प्रकाशकी अर्की पत्नी बीना थापा मगरको अवस्था पनि दयनीय छ । उनी कञ्चनपुरबाट बिहानको उडानबाट काठमाडौं आएकी थिइन । अस्पताल पुग्ने बित्तिकै भक्कानिएर दौडिदै उनी प्रकाशको पार्थिक शरीरमा ढलेकी थिइन ।

पीता प्रचण्ड बिहान झापाबाट आफूलाई सम्हाल्दै काठमाडौं आइपुगेका थिए । जति पीडा लुकाउन खोजेपनि छोराको पार्थिक शरीर देखेपछि प्रचण्ड पनि धरधर्ती रोएका थिए ।

प्रकाशको निधनले प्रचण्ड परिवार मात्र नभई सबै दलका नेता कार्यकर्ता, आफन्त र शुभेच्छुक परिवार स्तब्ध भएका छन । नर्भिक अस्पतालदेखि पेरिसडाँडासम्मको श्रद्धाञ्जली कार्यक्रममा सबैका आँखा रसाएका देखिन्थे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed