Breaking News.... EverestOnlineKhabar
August 17, 2026

छोराको पार्थिव शरीर हेर्दै प्रचण्डले चुहाए आँशु, अरुले पनि मन थाम्न सकेनन

Loading

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिस डाँडामा राखिएको थियो । नर्भिक अस्पतालबाट श्रद्धाञ्जलीका लागि उनको शव पेरिस डाँडा लगिएको हो ।

झापाबाट काठमाडौं आउँदै गर्दा आफूलाई निकै थामेका प्रकाश पीता एवम माओवादी अध्यक्ष प्रचण्ड पेरिस डाँडामा भने भावविह्ल भए । उनले आफूलाई थाम्न सकेनन् । छोराको शव हेर्दै लामो समयसम्म रोइरहे ।

छोरालाई पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नेक्रममा प्रचण्ड भक्कानिएका हुन । पार्टी प्रवक्ता पम्फा भुषालले शोक वक्तब्य पढेपछि अध्यक्ष प्रचण्डलाई पार्टीको झण्डा ओढाउन आग्रह गरेकाबेला दाहालको धैर्यताको बाँध फुटेको थियो । उनले छोराको अनुहारमा राम्ररी हेर्न समेत सकेनन् र रोइरहे ।

श्रद्धाञ्जली दिइरहँदा पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, कृष्ण महरा, बर्षमान पुन, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा लगायतका नेताहरु पनि भक्कानिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.