Breaking News.... EverestOnlineKhabar
June 25, 2026

प्रकाश दाहालको निधनले पूर्व प्रधानमन्त्री खनालसहित बिभिन्न पार्टीका नेता स्तब्ध

Loading

काठमाडौं । आइतबार बिहानै एक्कासी पूर्व प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका एकमात्र छोरा प्रकाश दाहालको निधनको खबर फैलियो । मानिसहरुले बिभिन्न लख काटे । धेरैलाई पत्याउनै गाहे भयो । तर, खबर सत्य थियो । प्रकाश अस्पताल नपुग्दै अर्को लोकमा पुगिसकेका थिए ।

आफना मित्र एवम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पुत्रशोक परेको खबर सुन्ने बित्तिकै पूर्व प्रधानमन्त्री एवम एमाले वरिष्ठ नेता झलनाथ खनाल सबैभन्दा पहिले थापाथलीस्थित नर्भिक अस्पताल पुग्नुभयो । उहाँसंगै पार्टी उपाध्यक्ष बामदेव गौतम, महासचिव ईश्वर पोखरेल, कृष्णगोपाल श्रेष्ठ लगायतका नेताहरु पनि अस्पताल पुग्नुभयो । उहाँहरु सबैले अस्पताल प्रशासन र चिकित्कहरुसंग कुरा गरिसकेपछि प्रकाश नरहेको जानकारी पाएपनि बाहिर सार्वजनिक गर्न आँट गर्न सकेनन ।

प्रकाशको निधनको खबर पाए लगत्तै कांग्रेस नेता एवम काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंह घरदैलो अभियान छोडेर अस्पताल पुग्नुभयो । लगत्तै डाक्टर प्रकाशशरण महत लगायतका नेताहरु पनि अस्पताल पुग्नुभयो ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ रुदै अस्पताल पुग्नु भएको थियो । यस्तै, नेता गिरिराजमणि पोखरेल, हिमाल शर्मा लगायतका नेताहरु पनि प्रकाशको निधन भएको खबर पाए लगत्तै अस्पताल पुग्नुभयो । उहाँहरु सबै स्तब्ध हुनुहु्न्थ्यो । बिभिन्न पार्टीका नेता, कार्यकर्ता, आफन्त र सर्वसाधारणले नर्भिक अस्पताल भरिएको थियो । टुलुटुुलु हेर्न र आँखाबाट आँशु झार्न बाहेक उहाँहरुसंग अरु कुनै उपाय नै थिएन ।

पछि झापाबाट पीता पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालसहित अस्पताल पुगेपछि मात्रै प्रकाशको मृत्युबारे औपचारिक जानकारी गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed