Breaking News.... EverestOnlineKhabar
June 24, 2026

आकस्मिक हृदयाघातबाट प्रचण्ड पुत्र प्रकाश दाहालको निधन, अपरान्ह ४ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि

Loading

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका एक मात्र छोरा प्रकाश दाहालको निधन आकस्मिक हृदयाघातबाट भएको नर्भिक अस्पतालले पुष्टि गरेको छ । भएको काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालका डा. जेपी जयसवालले दाहालको निधनको औपचारिक पुष्टि गरेका हुन ।

दाहाललाई बिहान ५ बजेर ५० मिनेटमा अस्पताल पुर्याइएको र त्यसको दुई तीन घण्टाअघि नै उनको मृत्यु भएको देखिएको अस्पतालले जनाएको छ । यसअघि प्रकाशलाई अस्पताल र्पुयाइएको खबरपछि चुनावी सभाका लागि झापामा रहेका पीता प्रचण्ड हेलिकप्टरमार्फत काठमाडौं आउनु भएको थियो ।

छोराको निधनपछि मर्माहात भएकी श्रीमती सीतालाई भेट्न पहिला लाजिम्पाटस्थित निवास पुगेका प्रचण्ड त्यसपछि नर्भिक अस्पताल जानु भएको थियो । अस्पतालमा पूर्व प्रधानमन्त्री एवम एमाले वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव ईश्वर पोखरेल, कांग्रेस नेता प्रकाशमान सिंह, प्रकाशशरण महत, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल लगायतका नेता बिहानै पुग्नु भएको थियो ।

यसैगरी भरतपुर महानगरपालिकाकी मेयर समेत रहेकी प्रकाशकी दिदी रेणु दाहाल पनि हेलिकप्टरमार्फत नै बिहान काठमाडौं आउनु भएको थियो । पोखरामा रहनु भएकी प्रकाशकी श्रीमति सृजना छोरासहित काठमाडौं आउनु भएको थियो । आसन्न चुनावका लागि कञ्चनपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेकी प्रकाशकी कान्छी पत्नी बिना मगर पनि बिहानैको उडानमार्फत काठमाडौं आउनु भएको थियो ।

प्रकाशको आजै दिउँसो ४ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिदै छ । प्रकाश आफ्ना बुवा प्रचण्डका स्वकीय सचिव हुनुहुन्थ्यो । प्रकाशका दुई श्रीमती र दुई छोरा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed