Breaking News.... EverestOnlineKhabar
June 24, 2026

संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन सम्पन्न : खासै प्रगति भएन

Loading

बिबिसि । केही प्राविधिक विषयमा प्रगतिसहित संयुक्त राष्ट्रसंघको जलवायु वार्ता जर्मन शहर बोनमा सम्पन्न भएको छ । कोप २३ नामक उक्त सम्मेलनमा कार्बन उत्सर्जन कटौतीबारे ठूला सवालहरुमा खासै प्रगति भएन ।

वार्ताकारहरुले अर्को वर्ष उत्सर्जन कटौतीका लागि विभिन्न देशहरुले गरेका प्रयासलाई समीक्षा गर्ने प्रणाली ल्याउने सहमति चाहिँ गरेका छन् । उक्त सम्मेलनको अध्यक्षता गरेको फिजीले ’तालानोआ’ भन्ने उक्त अवधारणा प्रस्ताव गरेको थियो जसले आरोप लगाउने नभई समावेशी छलफलमा जोड दिन्छ ।

कोइला, तेल र ग्यासविरुद्धका लडाइँका माझ उक्त बैठकको आयोजना गरिएको थियो । सम्मेलनका क्रममा जर्मनीमा रहेका अमेरिकी प्रतिनिधिहरुले स्वच्छ खनिज इन्धनको प्रयोगलाई प्रोत्साहन गरेर जलवायु परिवर्तनका असर समाधान गर्न सकिने बताएका थिए ।

यसअघि जलवायु परिवर्तनसम्बन्धी प्यारिश सम्झौतामा सहमति कायम हुँदा नेताहरु उत्साहित देखिएका थिए र भव्य रुपमा खुसियाली साटिएको थियो । तर अलि सुस्त देखिएको बोन सम्मेलनले स्पष्ट रुपमा स्वच्छ प्रविधितर्फ विश्वलाई आकर्षण गर्न सक्यो भन्ने सबैले सोचेभन्दा चाँडो अपेक्षा गरेको परिणाम पाउन सकिने संकेत नेताहरुलाई दिएको छ ।

प्यारिस सम्झौताबाट अलग हुने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयले उक्त वार्तालाई प्रभावित पारेन । छलफलहरु हार्दिकतापूर्ण माहोलमा भए र साझा अनि स्पष्ट लक्ष्यहरु निर्धारण गर्ने प्रयास गरिए ।

सरकारहरुले अहिले स्वच्छ ऊर्जा भविष्य मात्र नभई त्यसलाई हासिल गर्न पनि सकिने र लगानी गर्न पनि गाह्रो नहुने निचोड निकालेको जस्तो देखिन्छ ।

धेरै देशहरुले आफूले थप उत्सर्जन कटौती गर्नुपर्ने थाहा पाएका छन् र कतिपय त्यसो गर्न पनि तयार छन् । तर अहिले पनि आकांक्षा र त्यो पूरा गर्न चालिएका कदमका बीचमा ठूलो खाडल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed