![]()
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनलले सत्तारुढ नेपाली कांग्रेसले सत्ताको दुरुपयोग गरेर निर्वाचनलाई प्रभावित तुल्याउने काम गरिरहेको आरोप लगाउनु भएको छ ।
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता खनालले सत्ताको दुरुपयोग गरेर कांग्रेस निर्वाचनलाई प्रभावित तुल्याउन लागि परिरहेको आरोप लगाउनु भएको हो । उहाँले सरकार र सत्तारुढ कांग्रेसले सबैभन्दा बढी निर्वाचन आचारसंहिता उल्लंघन गर्दा समेत निर्वाचन आयोग चुप लागेर बसेको भन्दै आपत्ति जनाउनुभयो ।
वरिष्ठ नेता खनालले निर्वाचन आचारसंहिता उल्लंघनको घटना हुन नदिन निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण समेत गराउनुभयो । उहाँले निष्पक्ष निर्वाचन सम्पन्न गराउने दायित्व पूरा नगरे सरकारले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पनि दिनुभयो ।
उम्मेदवारहरूमाथि भइरहेको आक्रमणमा सरकार आफैँको संलग्नता रहेको खनालको आरोप छ ।


