![]()
काठमाडौं । बलिउड तथा कलिउडकी चर्चित अभिनेत्री मनिषा कोइराला नेपाली र्याम्पमा देखिएकी छिन् । सानेपास्थित हेरिजेट प्लाजामा आयोजित क्लासिक डायमण्ड टाइमलेस पारागन ज्वेलरी फेसन शोमा शोज टपरको रुपमा मनिषा देखिएकी हुन् ।


मनिषाबारे आयोजकले भनेको छ,– ‘ मनिषाले नेपाललाई परिचय गराउन महत्वपूर्ण भूमिका खेलेकी छिन् । बलिउड फिल्म क्षेत्रमा सक्रिय अभिनेत्री कोइरालाले हाम्रो थिम मनपराएपछि उनलाई र्याम्पमा शोजटपरको रुपमा प्रस्तुत गरेका हौं । ’
दुई दिने फेसन शोमा विभिन्न तीन वटा थिममा मोडलहरु र्याम्पमा देखिएका थिए । ककटेल, गाउन र ब्राइडल थिमको डिजाइनमा नेपाली र अन्तराष्ट्र्रिय २५ जना मोडलहरु र्याम्पमा देखा परे । पूर्व मिस नेपाल अस्मी श्रेष्ठ र इभाना मानन्धर पनि र्याम्पमा थिए ।
अभिनेत्री कोइराला सेतो डिजाइनर साडीमा सजिएकी थिइन् । यसअघि बलिउड अभिनेत्री सुस्मिता सेन, मिनीषा लाम्बा र रविना टन्डनले टाइमलेस पारागन ज्वेलरी शोमा शोजटपरको रुपमा देखिएका थिए ।


