![]()
काठमाडौं । चिनियाँ स्मार्टफोन उत्पादक ओप्पोले नेपाली बजारमा नयाँ फोन ‘एफ फाइभ’ सार्वजनिक गरेको छ । काठमाडौंमा एक समारोहकाबीच ब्राण्डकै पहिलो एफएचडी तथा फुल स्क्रिन भएको फोन सार्वजनिक गरिएको हो । यो फोनमा सेल्फीका लागि विशेष जोड दिइएको छ । यसमा ‘ब्युटिफिकेसन’ उपलब्ध गराउने ‘एआई ब्युटी’ फिचर्स समावेश गरिएको छ ।
कार्यक्रममा कलाकार तथा नेपाल आइडलका उत्कृष्ट तीन जनाको पनि सहभागिता थियो ।
फोनका विशेषताहरु :
फोनमा ६ इन्चको एफएचडी तथा फुल स्क्रिन डिस्प्ले छ । १८ः९ एस्पेक्ट रेसियोसहितको उच्च रिजोल्युसन २१६०×१०८० डिपिआई स्क्रिन छ ।
एफ २.० अपेचर र १र२.८ सेन्सर भएको २० मेगापिक्सेलको सेल्फी क्यामेरा समावेश छ । यसले कम प्रकाश भएका स्थानमा समेत उत्कृष्ट तस्वीर खिच्न सक्ने छ ।
पछाडिको क्यामेरा १६ मेगापिक्सेलमा रहेको छ । एफ १ं८ अपेचर लेन्स भएको यस क्यामेराले कम तथा बढी प्रकाश भएको अवस्थामा पनि गुणस्तरीय तस्वीर खिच्छ ।
यसले ग्लोबल डाटाबेसका आधारमा सेल्फी खिच्ने ब्यक्तिको अनुहारको आकार प्रकारका पहिचान गरी त्यसै अनुरुपमा तस्वीर खिच्छ ।
यसरी खिचिएको तस्वीरलाई ग्लोबल डाटाबेसमा रहेका मानव अनुहारका फेसियल फिचर्स, आकार र संरचनाहरुसँग तुलना गरी प्रयोगकर्ताको छालाको प्रकार, लिङ्ग, उमेर पहिचान गरी आवश्यकता अनुसार छाला, आँखा, ओठ लगायतलाई ब्युटिफाई प्रविधिमार्फत अझ सुन्दर बनाउने काम गर्छ ।
एफ फाइभमा फोन अनलक गर्नका लागि फेसियल तथा फिंगरप्रिन्ट दुवैको सुविधा छ। यसबाट फोन धनीको अनुहार वा फिंगरप्रिन्ट पहिचान भई आफै अनलक हुन्छ ।
३ हजार २ सय एमएएच पावरको ब्याट्री यसमा जडान गरिएको छ । पूरा चार्ज भएपछि निरन्तर १२ घण्टासम्म चलाउन सकिने कम्पनीको दावी छ ।


