Breaking News.... EverestOnlineKhabar
June 24, 2026

मैत्रीपूर्ण खेलमा अर्जेन्टिना नाइजेरियासंग हार्यो, एग्युरो बेहोस

Loading

एजेन्सी । मैत्रीपूर्ण फुटबल म्याचमा नाइजेरियाले अर्जेन्टिनालाई ४–२ गोल अन्तरले हराएको छ । मेस्सी विना मैदान ओर्लिएको अर्जेन्टिना नाइजेरियासंग घुँडा टेक्न बाध्य भयो ।

खेलको हाफ टाइममा अर्जेन्टिनी सर्जिओ एग्युरो ड्रेसिङ रुममा बेहोस भएका थिए । उनलाई अस्पताल लगिएको थियो ।
३६ औं मिनेटमा एग्युरोले गोल गदै पहिलो हाफमा टिमलाई २–१ को अग्रता दिलाएका थिए । तर, इवाबीले दुई गोल गर्दै नाइजेरियालाई जित दिलाए ।

२९ वर्षीय एग्युरो अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । उनको क्लब म्यानचेष्टर सिटीले भने एग्युरोले होस नगुमाएको र उनलाई चेक गर्न अस्पताल लगिएको बताए । उनी थप चेकअपका लागि क्लब फर्कँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed