![]()
कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवा बामगठवन्धनप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन । गठवन्धन निर्माण भएकै दिनबाट आक्रामक प्रधानमन्त्री देउवाले गठवन्धन निर्माणको उद्देश्य नै ठीक नभएको भन्दै यसलाई चुनावी नारा समेत बनाएका छन ।
चुनावी अभियानकाक्रममा कैलाली पुग्नु भएका प्रधानमन्त्री देउवाले बुधवार लम्कीमा बोल्दै नेपालमा कम्युनिस्टहरुको गठबन्धनले एकदलीय शासन लाध्न खोजेको आरोप लगाए । देउवाले आसन्न निर्वाचन लोकतान्त्रिक गणतन्त्र पक्षधर र निरंकुश अधिनायकवाद बीचको लडाइँ भएको उनले बताए । वाम गठबन्धनको नाममा कम्युनिस्टहरुले नेपाली जनतालाई अन्धकारतिर धकेल्न खोजेकाले निर्धक्क भएर प्रजातान्त्रिक समूहका उम्मेदवारलाई मत दिन आग्रह गरे ।
प्रधानमन्त्री देउवाले जनतालाई डर धम्की र त्रासमा पार्ने कम्युनिस्टहरु एकातिर र देशमा शान्ति र स्थायित्व चाहने लोकतान्त्रिक गठबन्धन एकातिर रहेकाले जनताले शान्ति र स्थायित्व चाहने लोकतान्त्रिक गठबन्धनलाइ नै अत्यधिक मतले विजय गराउनुपर्ने धारणा राखे ।
देउवाले सुदूरपश्चिमको विकासको लागि आफैँ सधैँ लागिपरेको र सुदूरपश्चिमका जनताका हरेक समस्याको आफू विज्ञ रहेको समेत बताए ।


