Breaking News.... EverestOnlineKhabar
June 24, 2026

प्रचण्डको बुढीगण्डकी मोह, सम्झौता खारेज गरेकोमा सरकारसंग आक्रोशित

Loading

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले बुढिगण्डकी जलविद्युत आयोजना निर्माण गर्न चीनको गेजुवा कम्पनीसँग भएको समझदारी खारेज गरेकोमा आपत्ति जनाएका छन् ।

चितवनमा आयोजित चुनावीसभामा धारणा राख्दै अध्यक्ष दाहालले आफनो पार्टी सरकारमा भएपनि कुनै सम्झौता खारेज गर्ने विषयमा कुनै सल्लाह नगरिएको भन्दै आपत्ती जनाए । सरकार संविधानको भावना विपरित अघि बढिरहेको उनको आरोप छ ।

अध्यक्ष दाहालले आफू नेतृत्वको सरकारको निर्णय खारेज गरेर सरकार मुलुकको आर्थिक समृद्धि र विकासको बाधक बन्न गएको पुष्टि भएको दावी गरे ।

दाहाल नेतृत्वको सरकारले १२ सय मेघावाट क्षमताको बुढिगण्डकी जलविद्युत आयोजना निर्माण गर्न चीनको गेजुवा कम्पनीलाई दिने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed