Breaking News.... EverestOnlineKhabar
June 25, 2026

ब्राजिललाई इंग्ल्याण्ड र स्पेनलाई रुसले बराबरीमा रोक्यो

Loading

एजेन्सी,२९ कार्तिक ।
आउँदो वर्ष हुने विश्वकप फुटबलको तयारी स्वरुप भएको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा विश्वकप आयोजक रुसले स्पेनलाई बराबरीमा रोकेको छ । यस्तै यसअघिको विश्वकप आयोजक ब्राजिल पनि इंग्ल्याण्डसँग बराबरीमै रोकिएको छ ।
मंगलबार राति भएको मैत्रिपूर्ण खेलमा रुसले स्पेनलाई ३–३ को बराबरीमा रोकेको हो । नवौं मिनेटमा जोर्डी अल्बाले गरेको गोलबाट स्पेनले सुरुवाति अग्रता लियो ।
३५ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै रियल मड्रिडका कप्तान समेत रहेका सर्जियो रामोसले गोल गर्दै अग्रता दोब्बर पारे । ४१ औं मिनेटमा घरेलु टोली रुसका लागि फ्योदोर स्मोलोभले एक गोल फर्काए ।
५१ औं मिनेटमा रुसका एलेक्सी मिरानचुकले गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो । तर ५३ औं मिनेटमा रामोसले फेरि पेनाल्टी मार्फत गोल गर्दै स्पेनलाई ३–२ को अग्रता दिलाए । ७० औं मिनेटमा स्मोलोभले रुसका लागि बराबरी गोल फर्काए ।
यस्तै मंगलबार राति नै भएको खेलमा इंग्ल्याण्ड र ब्राजिलले गोलरहित बराबरी खेलेका छन् । इंग्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटले नेइमारसहितको ब्राजिलियन टिमसँगको खेलका लागि अधिकांश युवा खेलाडी मैदानमा उतारेका थिए । उनीहरुले निकै राम्रो प्रदर्शन गर्दै ब्राजिललाई गोल गर्ने अवसर नै दिएनन् ।
खेल अवधिभर बलमा नियन्त्रण ब्राजिलको बढी रह्यो । उसले पोस्ट प्रहार पनि धेरैपटक गरेको थियो । तर गोल भने गर्न सकेन । इंग्ल्याण्डले गोल गर्ने मौका कम बनाए पनि ब्राजिलको उत्कृष्ट टिमलाई रोक्न सक्यो, त्यो नै उसको ठूलो सफलता रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed