![]()
एजेन्सी,२९ कार्तिक ।
रिपब्लिक अफ आयरल्याण्डलाई हराउँदै डेनमार्क अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएको छ । युरोपेली समुहको अन्तिम प्ले अफ् खेलमा गएराति डेनमार्कले रिपब्लिक अफ आयरल्याण्डलाई ५–१ ले हरायो ।
पहिलो लेगमा गोलरहित बराबरी खेलेको डेनमार्कले हिजो आयरल्याण्डमै भएको खेलमा भने सनसनीपूर्ण प्रदर्शन गर्दै ५–१ को जित निकालेको हो ।
खेलमा डेनमार्कलाई विजयी गराउन क्रिश्चियन एरिक्सनले ह्याट्रिक गरे । गएरातिको खेलसँगै विश्वकप फुटबलका लागि युरोपबाट छानिने सबै १४ टोलीको टुंगो लागेको छ ।
विश्वकपमा सहभागि ३२ मध्ये अहिलेसम्म ३० टोलीको छनोट भइसकेको छ । अब दुई वटा अन्तरमहादेशीय प्ले अफ् खेलहरु बाँकी छन् ।
पेरु र न्यूजिल्याण्ड तथा होण्डुरस र अष्ट्रेलियाबीचका दुई विजेता राष्ट्रले रुसको टिकट काट्नेछन् ।


