Breaking News.... EverestOnlineKhabar
June 25, 2026

अमेरिकामा फेरी गोलीकाण्डःक्यालिफोर्नियाको एक विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु

Loading

एजेन्सी,२९ कार्तिक ।
अमेरिकाको क्यालिफोर्नियास्थित एक प्राथमिक विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु भएको छ । उत्तरी क्यालिफोर्नियाको तहेमा काउन्टीस्थित स्कुलमा चलेको गोली लागेर केही बालबालिका घाइतेसमेत भएका छन् ।

गोली चलाउने बन्दुकधारीको पनि प्रहरी कारबाहीमा मारिएका छन् । घरायसी झगडाका कारण घटना भएको हुनसक्ने अधिकारीहरुले जनाएका छन् । अमेरिकाकै टेक्सासस्थित एक चर्चमा केही दिनअघि बन्दुकधारीले गोली चलाउँदा २५ जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed