Breaking News.... EverestOnlineKhabar
June 25, 2026

नेताहरुको हेलिकप्टर मोहःओली र दाहाल हेलिकोप्टर लिएर गोरखा र लमजुङ जाँदै

Loading

काठमाडौ,२९ कार्तिक ।
नारायणकाजी श्रेष्ठ र डा. बाबुराम भट्टराई फरक गठबन्धनबाट प्रतिस्पर्धामा उत्रिएपछि चर्चाको शिखरमा रहेको गोरखामा वामगठबन्धनका उम्मेदवारलाई भोट माग्न एमालेका अध्यक्ष केपी शर्मा ओली र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आज गोरखा जाँदैछन् । वामगठबन्धन बनाएर निर्वाचनमा उत्रिएका एमाले र माओवादी केन्द्रका अध्यक्षद्वयले गोरखाबाट चुनावी अभियान सुरु गर्न लागेका हुन्, जहाँ ओली र दाहालले संयुक्त चुनावी सभालाई सम्बोधन गर्नेछन्।
अध्यक्षद्वय ओली र प्रचण्डले बुधबार लमजुङको एक र गोरखाका चार ठाउँमा चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम छ। बिहान १० बजे लमजुङमा, ११ बजे गोरखाको भच्चेक, १२ बजे पालुङटार, दिउँसो २ बजे घैरुङ र ३ बजे आरुघाटमा हुने चुनावी सभालाई ओली र प्रचण्डले सम्बोधन गर्दैछन्।
कार्यक्रममा सहभागी हुन ओली, प्रचण्ड, परिवार दलका अध्यक्ष एकनाथ ढकाललगायत नेता तीन वटा हेलिकोप्टरमार्फत् आउने कार्यक्रम तय भइसकेको छ। कार्यक्रममा एमाले र माओवादीले कार्यकर्ता तथा समर्थक उतार्ने तयारी गरेका छन्।
पालुङटारमा लोकतान्त्रिक गठबन्धनबाट गोरखा २ का उम्मेदवार बाबुराम भट्टराईको जनमत रहेको आँकलनसहित कार्यक्रम तय गरिएको र आरुघाटमा पहिले प्रचण्ड शिक्षक हुँदा बसेकाले सो क्षेत्रमा कार्यक्रम तय गरिएको बुझिएको छ।
गोरखा २ मा वामगठबन्धनका सुत्राधारमध्ये एक नारायणकाजी श्रेष्ठ र बाबुराम भट्टराई प्रतिस्पर्धामा छन् भने गोरखा १ मा वामगठबन्धनबाट माओवादी नेता हरिराज अधिकारी र कांग्रेस केन्द्रिय सदस्य एवं पूर्वसचेतक चीनकाजी श्रेष्ठ प्रतिनिधिसभा उम्मेदवार छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed