Breaking News.... EverestOnlineKhabar
June 25, 2026

सभापति देउवा भन्छन्ः‘नेपाली जनता लोकतान्त्रिक गठबन्धनका पक्षमा’

Loading

नेपालगञ्ज,२९ कार्तिक ।
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले निर्वाचनमा जिते लोकतन्त्र हार्ने बताएका छन् । नेपाली कांग्रेस, बाँकेद्वारा यहाँ आयोजित जिल्लास्तरीय कार्यकर्ता भेटघाटमा उनले भने‘कांग्रेसले सधैँ तानाशाहीलाई परास्त गरेको र यो निर्वाचनमा पनि आप्mनो पार्टी विजयी हुने निश्चित छ । नेपाली जनता लोकतन्त्रका पक्षधर हुन्, कम्युनिष्ट व्यवस्था उनीहरु स्वीकार्दैनन्, त्यही मत यो निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका पक्षमा देखिनेछ ।’
आप्mना आन्तरिक सबैखाले तीक्ततालाई बिर्सेर निर्वाचनमा एकजुट भई जनताको समर्थनमा वाम गठबन्धनलाई परास्त गर्नु नै अहिलेको पहिलो आवश्यकता हो, यसतर्फ काँग्रेसका कार्यकर्तालाई लाग्न उनले निर्देशन दिए ।
सहभागी कार्यकर्ताबाट टिकट वितरणमा मूल्याँकनलाई आधार नबनाएर आप्mना नजिककालाई टिकट दिइएको कुरा उठाएपछि सभापति देउवाले एकजनालाई दियो, अर्को रिसाउँछ, तर केही गल्ती भएको छ भने पार्टीले त्यसको समीक्षा गर्ने आश्वासन दिए ।
कांग्रेस जिल्ला सभापति किरण कोइरालाको अध्यक्षतामा भएको सो भेटघाट कार्यक्रममा सहभागी कार्यकर्ताले दिन प्रतिदिन धरमराउँदै गएको पार्टी संगठनलाई जीवन्त बनाउन व्यवस्थापन पक्षलाई चुस्त बनाउनुपर्ने सुझाव दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed