Breaking News.... EverestOnlineKhabar
June 24, 2026

अष्ट्रेलियाको भिसामा थप कडाइ, झूठो विवरण पेश गरे दश बर्ष भिसा प्रतिबन्ध

Loading

एजेन्सी । अस्ट्रेलियाको अध्यागमन विभागले भिसाका लागि नक्कली कागजात बनाइ झूठो विवरण पेश गर्नेलाई दस वर्ष भिसा प्रतिबन्ध लगाउने भएको छ ।

यही नोभेम्बर १८ तारिखदेखि लागू हुने नियम कडाइका साथ पालना गरिने अध्यागमन बिभागले जनाएको छ । पछिल्लो नीति अनुरूप झुठो विवरण पेश गर्नेहरू एक वर्षपछि नै अर्को आवेदन दिनसक्ने प्रावधान भए पनि यस पटक कडाइका साथ दश वर्षे प्रतिबन्ध लगाइएको छ ।

बिभिन्न भिसा आवेदनमा थुप्रै झुठा बिवरण पेश गरेर अध्यागमन बिभागलाई छानबिनमा समेत ढिलाइ र्पुयाएकोले कठोर निर्णय गर्नु परेको अध्यागमन बिभागले जनाएको छ ।

विद्यार्थी भिसा आवेदनमा पनि नक्कली बिवाह, नकली बैंक डकुमेन्ट, जाली कागजात पेश गर्ने जस्ता काम भएको र भ्रमण भिसामासमेत नक्कली निम्ताजस्ता झूठा कागजात भेटिने गरेको कारण पनि कडाइ गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed