Breaking News.... EverestOnlineKhabar
June 26, 2026

बामगठवन्धनका उम्मेदरमाथिको आक्रमण सुनियोजित : पूर्व प्रधानमन्त्री खनाल

Loading

इलाम । नेकपा एमालेका वरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री झलनाथ खनालले बामपन्थी गठवन्धनका उम्मेदवारमाथिको आक्रमण सुुनियोजित भएको आरोप लगाउनु भएको छ ।

इलामको माई नगरपालिका १० मा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेता खनालले निर्वाचनमा बढारिने निश्चित भएपछि सरकारकै मिलेमतोमा बामपन्थी उम्मेदवारमाथि आक्रमण भैरहेको आरोप लगाउनुभयो । रुकुममा जनार्दन शर्मा र रोल्पामा बर्षमान पुनमाथि आक्रमण भएको उदाहरण दिंदै नेता खनालले बिभिन्न जिल्लामा एमालेका उम्मेदवारलाई डराउने, धम्काउने र आक्रमण गर्नेक्रम समेत बढेको बताउनुभयो । उहाँले शान्ति सुरक्षाको वातावरण खल्बल्याएर सरकार निर्वाचन रोक्ने षडयन्त्रमा लागेको समेत दावी गर्नुभयो । मुलुकका बिभिन्न स्थानमा शृखंलाबद्धरुपमा ‘सार्प सुटरहरु’ हतियारसहित पक्राउ पर्नु निकै गम्भीर र शंकास्पद भएको उहाँले उल्लेख गर्नुभयो ।

नेता खनालले आसन्न प्रतिनिधि र प्रदेशशभा निर्वाचनमा बाम गठबन्धनले स्पष्ट बहुमत प्राप्त गर्ने भएकाले कांग्रेस लगायत केही बिदेशी शक्ति अत्तालिएको जिकिर गर्नुभयो । “वाम गठबन्धन अब एकताको प्रक्रियामा अघि बढेको छ, एकता हुने भएपछि दक्षिणपन्थी र काँग्रेस अत्तालिएका छन,” उहाँले भन्नुभयो ।

इलामलाई पर्यटकीय जिल्लाका रूपमा अघि बढाउने योजनाका साथ आफू निर्वाचनमा होमिएको बताउँदै पूर्वप्रधानमन्त्री खनालले यहाँका अन्तु, कन्याम, सन्दकपुर र माइपोखरीको पर्यटनलाई माथि उकास्ने खालका नयाँ योजना ल्याइने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed