Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

एजेन्सी । मिस नेपाल निकिता चाण्डक मिस वर्ल्ड २०१७’ को टप ४० मा पर्न सफल भएकीछिन । मिस वर्ल्डको आधिकारिक वेबसाइटमा उनी टप ४० मा परेको जनाइएको छ ।

‘हेड टु हेड च्यालेन्ज’को भोटको आधारमा विजेता भएसँगै उनी प्रतियोगिताको टप ४० मा पुगेकी हुन् । जुन च्यालेन्जमा विश्वभरका लागि भोटिङ समेत खुला गरिएको थियो । युट्युब ट्रेन्डिङमा समेत आएको चाण्डकको च्यालेन्ज भिडियोले उनलाई ग्रुप ३ को विजेता बनायो ।
२० समुहमा विभाजन गरेर हेड टु हेड च्यालेन्ज गराइएको थियो । जसमा युवतीहरुले आफ्नो उदेश्य प्रष्ट हुने गरी छायांकन गरेको भिडियो देखाउन पर्ने थियो । भिडियोको आधारमा दर्शकले मत दिएका थिए ।

११८ देशका सुन्दरीहरु सहभागी भएको सौन्दर्य प्रतियोगिताको फिनाले आउँदो १८ नोभेम्बरमा चाइनामा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed