Breaking News.... EverestOnlineKhabar
October 2, 2026

कम्युनिष्ट सरकारपछि राजनीतिक स्थिरता : प्रचण्ड

Loading

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डल प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि राजनीतिक स्थिरता कायम हुने बिश्वास व्यक्त गर्नुभएको छ ।

चुनावी अभियानकाक्रममा चितवन पुग्नु भएका अध्यक्ष दाहालले शिवनगरमा आयोजित सभालाई सम्बोधन गर्दै दशकाँैदेखि जनताले चाहेको कुरा अब पूरा हुन लागेको बताउनुभयो ।

चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका दाहालले कम्युनिष्ट विभाजन हुने र त्यो विभाजनको फाइदा दक्षिणपन्थीले लिने समय अब गएको दावी गर्नुभयो । फुटाउ र राज गर भन्ने साम्राज्यवादी रणनीति अनुसार २०१९ सालदेखि आजसम्म चल्दै आएपनि अब त्यो समाप्त हुन लागेको बताउनुभयो ।

अध्यक्ष दाहालले १० वर्षमा दशाँैं सरकार फेरिँदै आए पनि विकासको रुप रंग फेरिन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । निर्वाचनपछि बन्ने स्थिर सरकारले सबै समस्या समाधान गर्ने उहाँको भनाइ थियो । उहाँले घरदैलोको क्रममा स्थानीय सर्वसाधारणसंग भलाकुशारी गर्नुकासाथै उनीहरुसंग बसेर खाना पनि खानु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed