Breaking News.... EverestOnlineKhabar
October 2, 2026

Loading

रोल्पा । चुनावी प्रचार अभियानमा लागेका नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन पनि आक्रमणको निशानामा परेका छन । शुक्रवार पूर्व गृहमन्त्री एवम हालका बिना बिभागिय मन्त्री जनार्दन शर्मामाथि बम प्रहार भएको घटना सेलाउन नपाउँदै रोल्पामा माओवादीका अर्का नेता बर्षमान पुन सवार गाडीलाई निशाना बनाइएको छ ।

रोल्पाको माडी गाउँपालिका – १ ओतको जंगलमा पुन चढेको गाडीलाई लक्षित गरी माइन बम विस्फोट गराइएको हो । सुकिदह गाउँपालिकामा चुनाबी कार्यक्रम सकेर घर्तीगाउँ फर्कने क्रममा माडी गाउँपालिका– १ भित्तावाड नजिकै पुग्दा पेदीखोलामा बम विस्फोट गराइएको हो ।

रोल्पाको जिनावाडबाट घर्तीगाउँमा हुने कार्यक्रममा सहभागी हुन जाँदै गर्दा पुनलाई निशाना बनाइएको हो । मानवीय क्षति नभएपनि सुरक्षा अवस्थामाथि भने गम्भीर प्रश्न उठेको छ । बम कसले हानेको भन्ने यकिन नभएपनि नेत्रबिक्रम चन्द नेतृत्वको माओवादीमाथि शंका गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed