![]()
इलाम । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आसन्न प्रतिनिधि र प्रदेशशभा निर्वाचनमा बामपन्थी गठवन्धनले दुई तिहाइ बहुमत ल्याए देशको मुहार फेरिने दावी गर्नुभएको छ ।
चुनाव प्रचारप्रसाकोक्रममा इलामको लक्ष्मीपुरस्थित दाहालटारमा पुग्नु भएका नेता खनालले मुलुकमा आर्थिक समृद्धिको बाटोमा उन्मुख गराउने नयाँ योजनाका साथ वाम एकता भएकाले बामगठवन्धनलाई दुइ तिहाइ बहुमतले जिताउन आवश्यक भएको बताउनुभयो ।
इलाम क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका नेता खनालले निर्वाचनपछि देशले छिट्टै निकास पाउने बिश्वाससमेत व्यक्त गर्नुभयो । वाम गठबन्धनले दुई तिहाइ बहुमत ल्याएर पाँच वर्ष भित्रै परिवर्तन ल्याउने उहाँले उल्लेख गर्नुभयो ।
नेता खनालले बामगठवन्धनबारे कांग्रेसले कुप्रचार गरिरहेको बताउँदै भन्नुभयो, ‘ बामगठवन्धन भएको देखेरा कांग्रेसको होशहवास उडेको छ, वास्तावमा अधिनायकवाद त कांग्रेस हो । हामीलाई अधिनायकवाद भन्नेहरु आफै अधिनायकवादी शैली अपनाउँदैछन । ’
इलाम पर्यटकीय र कृषि क्षेत्रमा अग्रणी जिल्ला मानिएकाले यसको योजनाबद्ध विकासका लागि आफूले सडक, विद्युत, शिक्षा, कृषि लगायतका क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको जानकारी पनि उहाँले दिनुभयो ।


