Breaking News.... EverestOnlineKhabar
June 24, 2026

काठमाडौंमा मोवाईल तथा इलोक्ट्रोनिक्स सामान चोरी गर्ने गिरोह प्रहरीको फन्दामा

Loading

काठमाडौं । काठमाडौंमा उपत्यकाका विभिन्न स्थानमासटर फोडेर मोवाईल तथा इलोक्ट्रोनिक्स सामान चोरी गर्ने एक गिरोह प्रहरीको फन्दामा परेको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलिले मकवानपुर बाग्मती गा.पा. वडा न ३ राईगाँउ घर भई हाल काठमाडौ कपन बस्ने १७ बर्षिय अशोक भन्ने अभिषेक मोक्तानसहित ३ जनालाई पक्राउ गरेको हो । उक्त गिरोहबाट चोरीका १७ थान तथा मोवाईल बिक्री गरेको सत्तरी हजार नगदसहित प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कानुनी कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाईएको छ ।

यो समूहले काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा रातको समयमा पसलका सटर फुटाएर करोडौंका सामान चोरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed