![]()
काठमाडौं । नेपाल नं १ गल्फर शिवराम श्रेष्ठले सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जितेका छन । गोकर्ण गल्फ क्लबमा भएको स्पर्धामा अन्तिम दिन १ अण्डर ७१ को कार्ड लेखाएका शिवरामले समग्रमा २२ अण्डर २ सय ६६ स्कोर गर्दै उपाधि जितेका हुन् । उनले सूर्यप्रसाद शर्मा र सञ्जय लामालाई २० शटले पछि छोडे ।
सूर्यले बिहीबार ४ ओभर ७६ र सञ्जयले इभन पार ७२ को कार्ड लेखाउँदा समग्रमा २ अण्डर २ सय ८६ स्कोर गरे । चौंथो स्थानमा रहेका रामे मगरले २ ओभर २ सय ९० को कार्ड लेखाए ।
३ ओभर ७५ स्कोर गरेका दीपक थापा मगरले पाँचौ स्थानमा रहन ६ ओभर २ सय ९४ को कार्ड लेखाए । उपाधिसँगै शिवरामले १ लाख १५ हजार रुपैयाँ हात पारे । सूर्यप्रसाद र सञ्जयलृ ६३ हजार ५ सय रुपैयाँ प्राप्त गर्दा उत्कृष्ट २१ स्थानमा अटाउने खेलाडीले नगद पुरस्कार जिते ।
एमेच्योरतर्फको उपाधि फुन्सोक एन लामाले जिते । उनले २५ ओभर ३ सय १३ को कार्ड लेखाएका थिए । प्रतियोगितामा ३२ व्यवसायिक खेलाडीसहित ४२ जनाको सहभागिता थियो ।


