![]()
काठमाडौं । मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आवश्यक सामग्रीको ढुवानी धमाधम भैरहेको छ । निर्वाचन आयोगले सेनाको हेलिकप्टरमार्फत ढुवानी गरिरहेको हो ।
मतपत्र, मतपेटिका, मतदाता शिक्षा सामग्री, स्टामप्याड, मसी, छेकबारलगायत आवश्यक सामग्री धमाधम ढुवानी भैरहेको निर्वाचन आयोगले जनाएको छ ।
खोटाङ, डोल्पा लगायतका जिल्लामा विहिवार निर्वाचन सामग्री पुर्याइएको छ । एक लाख २५ हजार १८३ मतदाता रहेको खोटाङमा निर्वाचन सामग्री ल्याइएसँगै निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।
डोल्पामा सुर्खेतबाट निर्वाचन सामग्री लगिएको छ ।


