![]()
काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले एमाले–माओवादी केन्द्रबीचको गठबन्धन वामगठबन्धन नभइ लोभीपापीहरुको झुण्ड भएको टिप्पणी गर्नुभएको छ ।
अक्टोबर क्रान्तिको अवसरमा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव बैद्यले एमाले माओवादीको बामगठवन्धन नभई प्रतिक्रियावादीकरण भएको बताउनुभयो ।
महासचिव वैद्यले अब आफनो पार्टीले नयाँ ढंगले क्रान्तिको तयार गर्न लागेको जानकारी पनि दिनुभयो । यसका लागि उहाँले वामपन्थी शक्तिहरुलाई एक हुन आह्वान गर्नुभयो ।


